सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको माइतीघरमा रहेको लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी रहेकी छन्।
सोमबार अपराह्न सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदन फैसलाको नक्कल लिने विषयमा भनाभन भएको थियो।
त्यसपछि सुरक्षाकर्मी बोलाइ सोधपुछ गर्ने क्रममा चौधरीले सर्वोच्च अदालत सुरक्षा एकाइमा कार्यरत महिला प्रहरी कर्मचारीमाथि हातपातका साथै अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबारमा ल्याएको उनको भनाइ छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
