क्रोएसियाको एक निजी नर्सिङ होममा एक बन्दुकधारीले गोली प्रहार गरी आफ्नी आमासहित ६ जनाको हत्या गरेका छन्।
उत्तर पश्चिमी क्रोएसियाको एक निजी नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
बन्दुकधारीले आफ्नी आमासहित पाँच जनाको गोली हानी हत्या गर्नुका साथै अन्य ६ जनालाई घाइते बनाएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिराले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
क्रोएसियाका सामाजिक नीतिमन्त्री मारिन पोइलेटिकले घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको र चार जनाको अवस्था गम्भीर रहेको बताए। मृतकमध्ये एक जना नर्सिङ होममा कार्यरत कर्मचारी रहेको उनको भनाइ छ।
“हामीलाई प्राप्त जानकारीअनुसार हत्याराकी आमा १० वर्षदेखि नर्सिङ होममा थिइन्,” उनले भने। आक्रमणको कारण खुलिनसकेको अधिकारीहरूले बताएका छन्। प्रहरीले ती बन्दुकधारीको पहिचान पनि खुलाएको छैन। सन् १९७३ मा जन्मिएका ती बन्दुकधारी युद्धकलाका अनुभवी व्यक्ति भएको क्रोएसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रहरीले स्थानीय समयानुसार बिहान १०ः१० बजे घटनाको जानकारी पाएको र संदिग्धले नर्सिङ होममा प्रवेश गरी गोली प्रहार गरेको पुष्टि गरेको छ। बन्दुकधारी नर्सिङ होममा आक्रमण गरेलगत्तै घटनास्थलबाट भागेका थिए। यद्यपि प्रहरीले स्लाभोनिया नगरपालिकाको स्पा शहर, दारुवरको केयर होम नजिकैको एक क्याफेबाट उनलाई पक्रेको थियो। क्षेत्रीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन्दिग्ध व्यक्ति प्रहरीको नियन्त्रणमा छन्।”
आक्रमणकारीले दर्ता नभएको बन्दुक प्रयोग गरेको प्रहरीले जनाएको छ। सन् १९९० को दशकमा युगोस्लाभियाको विघटन र त्यसपछिका युद्धपछि क्रोएसियामा निजी घरमा थुप्रै हतियार रहेको बताइन्छ।
राष्ट्रपति जोरान मिलानोभिचले यस घटनाबाट आफू स्तब्ध भएको बताएका छन्। “यो डरलाग्दो चेतावनी हो र सबै सक्षम संस्थालाई समाजमा हिंसा रोक्नका लागि अझ धेरै काम गर्नुपर्ने अन्तिम आह्वान हो, जसमा बन्दुकको स्वामित्वको अझ कडा नियन्त्रण पनि समावेश छ,” उनले भने।
प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले घटनाको निन्दा गरेका छन्। “यो वास्तवमा मानिसहरूको एउटा समूह, आमा र त्यहाँ भएका अन्य धेरै वृद्धहरूको हत्या गर्नु एक राक्षसी कार्य हो,” उनले भने। उनले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीलाई आह्वान गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
