भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ। यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन्।
भजनी– कैलालीको भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाएका थिए। तर पाण्डेले बाढीका कारण धान भित्र्याउन पाएनन्। असार १९ गते पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट भएको उनको गुनासो छ। “उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि डुबान हुने सबै क्षेत्रमा चैतेधान लगाएको थिएँ,” उनले भने, “पाँच–छ कट्ठाको भित्र्याउन सके पनि बाँकी सबै डुबानले सखाप बनायो।”
सोही ठाउँका लालप्रसाद न्यौपानेले लगाएको चैतेधान डुबानले नष्ट भएको छ। असार १९ गतेको डुबानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि भएको खर्चको जोहो गर्न मुस्किल भएको उनको भनाइ छ। “यस वर्ष धान राम्रो थियो,” न्यौपानेले भने, “धान राम्रो भएको डुबानमा पर्नलाई रहेछ। अहिले धान रोप्ने बेला लागेको खर्च व्यवस्थापन गर्न गाह्रो भएको छ।” उनका अनुसार ढिलोगरी रोपाइँ गरेका अधिकांश किसानले धान भित्र्याउन पाएनन्।
यस वर्ष किसानले ढिलोगरी धान रोप्नु र छिटो बाढी आउनुले पनि अधिकांश किसानको धान डुबानले नष्ट भएको हो। धान काट्ने साधन समयमा नपाउँदा भित्र्याउन तयार भएको एक बिघा क्षेत्रफलको धान नष्ट भएको भजनी –३ का नेत्र देउवाको भनाइ छ। डुबानले करिब ५० क्विन्टल धान खेतमै पुरिएको दुखेसो उनको छ। “समयमा धान काट्ने साधन पाइएन, हातले काट्दा १० कट्ठाको धानमात्रै भित्र्याउन सकियो,” उनले भने, “अरूको साधनको भर परेर खेती लगाउनु पनि दुःख हुँदो रहेछ।” देउवाका अनुसार १० कट्ठामा २९ क्विन्टल धान उत्पादन भएको छ।
उत्पादन भएको धान बिक्रीका लागि बजार अभाव रहेको किसान बताउँछन्। बजार मूल्य किसानको छैन । व्यापारीले भनेअनुसार किसानले धान बेच्नुपर्ने बाध्यता छ । “शुरूमा तीन हजार ६०० रुपैयाँ प्रतिक्विन्टल बिक्री गरेको धान केही समयपछि तीन हजारमा बिक्री गर्नुपर्यो,” किसान चन्द्रबहादुर चौधरीले भने, “सरकारले धानको समर्थन मूल्य तोक्दा चैतेधानलाई पनि ध्यानमा राखेर मूल्य तोक्नुपर्छ।” उनले धानको समर्थन मूल्यसँगै खाद्य संस्थानले धान खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताए।
भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ। यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन्। बर्खामा हुने बाढी र डुबानका कारण किसानले प्रायः खेती गर्दैनन्।
बढी डुबान नभएको वर्ष किसानले दुई–तीनपटक चैतेधानको उत्पादन लिने गरेका छन्। असारमा भित्र्याएको चैतेधान डुबानमा नपरे भदौमा पुनः उत्पादन दिन्छ। “मैले तीन पटकसम्म एकैपटक रोपेको धान भित्र्याएको छु। आम्दानीका हिसाबले कम उत्पादन एक बिघामा दोस्रोपटक २० क्विन्टल जति उत्पादन लिएको थिएँ,” आन्तु चौधरीले भने, “यस वर्ष एकपटक पनि धान भित्र्याउन सकिएन।” भजनी क्षेत्रमा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
