प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमभन्त्री देउवाले उनीहरूको हक अधिकार सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व रहेको बताए। नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफँै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको देउवाले स्मरण गराएका छन्।
“सोहीअनुसार अपाङ्गता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकता दिँदै उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ”, उनले भनेका छन्। संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको नारा ‘समावेशी विकासका लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ तय गरिएको छ।
प्रधानमन्त्री देउवाले गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सुविधामा क्रमशः वृद्धि गर्दै लगिएको अवगत गराएका छन्। अपाङ्गता भएका व्यक्तिलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन सरकारले रोजगार तथा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ।
प्रधानमन्त्री देउवाले कोही पनि पछाडि नपरून् भन्ने दिगो विकासको लक्ष्यअनुसार सरकारले अपाङ्गता भएका व्यक्तिको सहज दैनिक जीवनयापन सुनिश्चित गर्न विकासका सबै आयामलाई अपाङ्गमैत्री बनाउने कार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
