भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको वस्तु आयात र १ खर्ब ५२ अर्ब ३८ करोडको निर्यात भएको छ।
काठमाडौँ– नेपालले गत आर्थिक वर्षमा १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब ६० करोड घाटा बेहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार सो अवधिमा १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको वस्तु आयात र १ खर्ब ५२ अर्ब ३८ करोडको निर्यात गरेको देखिएको हो। अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ। २०७९/८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड बराबरको आयात र १ खर्ब ५७ अर्ब १४ करोड बराबरको निर्यात गर्दा कुल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड पुगेको थियो।
अघिल्लो आवको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड बराबर थियो। अघिल्लो आवको तुलनामा गत आवमा आयात १.१६, निर्यात ३.०३, समग्र वैदेशिक व्यापार १.३३ र वैदेशिक व्यापार घाटा ०.९६ प्रतिशतले घटेको हो। गत आवको आयात–निर्यात अनुपात १०.४५ प्रतिशत बराबर छ। गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापार घाटा देखिएको छ। भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोडको वस्तु आयात हुँदा १ खर्ब ३ अर्ब १७ करोड बराबर मात्रै निर्यात भएको छ। जसबाट भारतसँगको मात्र कूल व्यापार घाटा आठ खर्ब ९३ अर्ब ५० करोड बराबर छ।
चीनसँग २ खर्ब ९६ अर्ब १८ करोड बराबर व्यापार घाटा छ। चीनबाट दुई खर्ब ९८ अर्ब ७७ करोड बराबरको वस्तु आयात हुँदा २५ अर्ब ८८ करोड बराबरको मात्रै निर्यात भएको हो। नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा यूएई तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौँ स्थानमा छ।
व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ। गत आवमा नेपालले डेनमार्कबाट ३५ करोड ४५ लाख बराबरको वस्तु आयात गर्दा ८२ करोड २१ लाख बराबरको निर्यात गरेको छ। जसबाट ४६ करोड ७५ लाख व्यापार नाफा देखिएको हो।
बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ। नेपालले अफगानिस्तानबाट दुई करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा ४९ करोड ३६ लाख बराबरको निर्यात गरेको छ।
गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। गत आवमा १ खर्ब ४३ अर्ब ९७ करोड बराबरको डिजेल, ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ। स्मार्टफोन मात्र २८ अर्ब ६६ करोडको आयात भएको छ।
त्यस्तै, २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात भएको छ। नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैँची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन्। गत आवमा नेपालले सबैभन्दा धेरै १० अर्ब ५७ करोडको कार्पेट र सात अर्ब ९३ करोड बराबरको अलैँची निर्यात गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
