अख्तियारले खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अधिकृतस्तर छैटौँ तहका इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनविरुद्ध खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले हुसैनलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले खेल मैदान निर्माण कार्य सम्पन्नपश्चात् भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ।
हुसैनविरुद्ध एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिबाना सजाय मागदाबी लिई आरोप–पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
