मंगलबार १४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक ७५.३३ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २५६३.४३ को विन्दुमा कायम भएको हो।
यस दिन ३१७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री भयो। जसमा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिनको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५.०६ र जीवन बीमा समूहको उपसूचक ४.४५ प्रतिशतले बढेको छ।
६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
सबैभन्दा धेरै शेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ। गणपतिको शेयर मूल्य ५.८३ प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २४ करोड ६९ लाख २३ हजार ७९२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा नबिल ब्यालेन्स फन्ड-२ को १६ लाख दुई हजार ८३५ रुपैयाँ बराबरको कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
