विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानी विवादका कारण ६ उद्योगमा काटिएको विद्युत् लाइन हालका लागि जोडिदिने भएको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानी विवादका कारण ६ उद्योगमा काटिएको विद्युत् लाइन तत्कालका लागि जोडिदिने भएको छ।
मंगलबार सकेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ६ उद्योगमा काटिएको बिजुली मंगलबार साँझबाट जोड्ने निर्णय गरेको हो। प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादका कारण रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको विद्युत् काटेको थियो। डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै प्राधिकरणले ती उद्योगको लाइन काटेको थियो।
आगामी तीन महिनाभित्र उद्योगीले बक्यौता भुक्तानी नगरेमा नियमानुसार असुल गर्ने शर्तमा प्राधिकरणले उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको छ। “आगामी तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा नियमानुसार पुनः बक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी हाललाई उद्योगीहरूको काटिएको लाइन जोड्ने,” प्राधिकरणको निर्णयमा भनिएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ती उद्योगमा विद्युत् जोडिदिन प्राधिकरणलाई निर्देशन दिएका थिए। तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री ओलीको निर्देशन अवज्ञा गरेका थिए।
त्यसलगत्तै विद्युत् नियमन आयोगको बैठकले महसुल विवादका बीच विद्युत् काट्न नहुने भन्दै लाइन जोडिदिन लिखित निर्देशन दिएको थियो। त्यसपछि मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले शर्तसहित ती उद्योगहरूमा विद्युत् जोड्ने निर्णय गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
