बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त भएका छन्।
काठमाडौँ– बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
कांग्रेस–एमालेबीच बागमतीमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएको थियो। सोहीअनुरूप कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा लामालाई मुख्यमन्त्री बनाउन प्रदेशप्रमुख शर्मासमक्ष मंगलबार दिउँसो दाबी पेश भएको थियो। प्रदेशप्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री लामाको शपथ समारोह बुधबार बिहान ११ बजे हुनेछ।
बागमतीमा कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ।
त्यस्तै, एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय लिने भएको छ।
यसअघि शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
