बेलायतका राजा चार्ल्स तृतीयले दुर्लभ सुनौलो रंगको बाख्राको नस्ललाई शाही उपाधि प्रदान गरेका हुन्।
विश्वमा राजतन्त्र मासिँदै गएको छ। तर जनावरले भने शाही उपाधि पाएको सुन्दा अचम्म लाग्न सक्छ। बेलायतका राजा चार्ल्स तृतीयले दुर्लभ सुनौलो रंगको बाख्राको नस्ललाई शाही उपाधि प्रदान गरेका छन्।
बेलायत र फ्रान्सबीच फैलिएको इंग्लिस च्यानलमा अवस्थित ‘गुर्नसे टापु’को रैथानी सुनौलो रंगको बाख्रालाई शाही उपाधि दिएका समाचार संस्था एपीले जनाएको छ। गत हप्ता राजा चार्ल्स तृतीयले उक्त टापुको भ्रमण गरेका थिए। सोही क्रममा उक्त नस्लको बाख्रालाई शाही उपाधि प्रदान गरेका हुन्। अबदेखि उक्त नस्लको बाख्रा विश्वको जुनसुकै कुनामा लगे पनि त्यसको नाम ‘रोयल गोल्डेन गुर्नसे गट’ रहनेछ।
“आशा छ कि यसले नस्लको लागि जागरूकता बढाउनेछ,” बाख्राधनी रेबेका मार्टिनले भनिन्।
राजा चार्ल्स तृतीयले बाख्रालाई मुसार्दै, उसको रंगको प्रशंसा गरे। यो जातको बाख्राको नस्ललाई दुर्लभ मानिन्छ। मिलनसार र विनम्र स्वभावका यी बाख्राले दूध पनि धेरै दिन्छन्। विशेषगरी दूधका लागि पालिने गरिन्छ।
'रेयर ब्रीड्स सर्वाइभल ट्रस्ट'का प्रमुख कार्यकारी क्रिस्टोफर प्राइसले यो सम्मानले प्रजातिको ऐतिहासिक महत्त्व र जैविक विविधता, वातावरण र दिगो खाद्य उत्पादनको लागि यसको मूल्य मान्यता प्रदान गर्ने बताए।
"बेलायती दुर्लभ देशी गाईवस्तु र इक्वाइन नस्लहरूको लागि उहाँ (राजा चार्ल्स तृतीय)को निरन्तर, धेरै मूल्यवान समर्थनको लागि हामी उहाँप्रति धेरै आभारी छौँ," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
