बाढीका कारण १८४ घर डुबानमा परेका, २३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई/दुई विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।
काठमाडौँ– देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १३३ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २८ गतेयता बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १३३ जनाको मृत्यु भएको हो।
काठमाडौँ उपत्यकामा नौ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा नौ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४५ जना घाइते भएका छन्।घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा ६७ जनाको उद्धार गरिएको छ।बाढी पहिरोमा परी कोशी र बागमतीमा दुई/दुई, गण्डकी, लुम्बिनी र कर्णालीमा एक/एक गरी सात जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी प्रहरीको भनाइ छ।
यस अवधिमा बाढीका कारण १८४ घर डुबानमा परेका, २३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई/दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको छ। ५९७ वटा पशु चौपायको मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार १८ घर परिवार विस्थापित भएका प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
