दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा आइतबार साँझ र सोमबार बिहान पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला छन्।
इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २२९ पुगेको छ।
दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा आइतबार साँझ र सोमबार बिहान पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बीबीसीका अनुसार बेपत्ताहरूको खोजी जारी छ। उद्धार गरिएका १० जनाको अस्पतालमा उपचार भइरहेको छ।
मृतकहरूमा वयस्क र बालबालिका दुवै रहेको गोजा क्षेत्रका प्रमुख प्रशासक डग्मावी आयलेले जानकारी दिए। “भारी वर्षाले आइतबार पहिरो खस्यो, र प्रहरी अधिकारी, शिक्षक र नजिकैका गाउँका बासिन्दाले खोजी र उद्धार कार्य जारी राख्दा सोमबार दोस्रो पहिरो आयो र उनीहरूलाई पनि पुर्यो,” उनले भने, “हामी अझै पनि उत्खनन गरिरहेका छौँ।”
इथियोपियामा जुलाईदेखि सेप्टेम्बरको मध्यसम्म रहने वर्षाको मौसममा पहिरो गएको हो। पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले घातक पहिरो निम्त्याउने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
