भोजपुर नगरपालिका–१२ टक्सारका दीपक श्रेष्ठले कुखरा, बंगुर र माछापालनसँगै केराखेती गरिरहेका छन्। कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई सीप पनि सिकाउँदै आएका छन्।
भोजपुर– कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन्। १० वर्षअघि कृषिमा लागेका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका छन्।
भोजपुर नगरपालिका–१२ टक्सारमा उनको कृषिफार्म छ। फार्ममा श्रेष्ठले कुखरा, बंगुर, माछापालनसँगै केराखेती पनि गरिरहेका छन्। यसबाट वार्षिक १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेका छन्। लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उनी बताउँछन्।
हालसम्म एक करोड रुपैयाँ हाराहारी लगानी गरेको उनले बताए। कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै सीप पनि सिकाउँदै आएका छन्।
राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उनले बताए। पहुँचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उनको बुझाइ छ। कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उनको दुखेसो छ।
आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उनले बताए। भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा २०० बोट केरा लगाएको उनले बताए। यसलाई विस्तार गर्ने लक्ष्य छ। एक स्थानमा बंगुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेका छन्।
उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उनले सुनाए। खेती विस्तारका लागि २० रोपनी जग्गा भाडामा लिएका छन्। व्यवसायी श्रेष्ठले ६ जनालाई रोजगारी पनि दिएका छन्। “कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ। लगनशील भएर कृषिमा लाग्ने हो भने गाउँमा नै मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
