मृत्यु भएकाहरूको शव नेपाल झिकाउन अहिलेसम्म २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ।
काठमाडौँ– रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले उक्त जानकारी दिएकी हुन्। मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ। रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेपाली युक्रेनी सेनाले बन्धक बनाएर राखेको पनि उनले बताइन्।
रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म १५० नेपाली स्वदेश फर्किसकेका छन्। हालसम्म ३२३ जनाको उद्धारको लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ। तीमध्ये सम्पर्कमै नरहेको भनेर ११६ जनाको उद्धारका लागि उनीहरूका परिवारका तर्फबाट परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्। उनीहरूको उद्धारका लागि पहल भइरहेको मन्त्री आरजु राणाले बताइन्।
यस्तै, इजरायल हमास युद्धमा परेर अहिले हमासको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरका विपिन जोशीको उद्धारका लागि पनि नेपाल सरकारले बहुपक्षीयस्तरमा कूटनीतिक पहल जारी राखेको उनले जानकारी दिइन्।
पछिल्लो समय बांग्लादेशमा सरकारी जागिरमा कोटा प्रणालीलाई लिएर भड्केको हिंसाका कारण अहिलेसम्म त्यहाँ रहेका एक हजार ४०० नेपाली विद्यार्थी स्वदेश फर्किसकेका पनि उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
