पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर बढीरहेको शेयरबजार आज २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा झरेको छ।
काठमाडौँ– शेयरबजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेमा आज भने करेक्सन भएको छ।
कारोबारको शुरूमा १० अंकले बढेको शेयर बजार अन्त्यमा १.०६ प्रतिशत अर्थात् २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा झरेको छ। आज ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर खरिदबिक्री हुँदा १६ अर्ब बराबरको कारोबार भएको छ। फाइनान्स र होटल तथा पर्यटनबाहेक सबै उपसमूह घटेका छन्।
दुई स्टकको शेयर सकारात्मक सर्किट तहमा कारोबार भएको छ। बोटलर्स नेपाल र एशियन हाइड्रो लिमिटेडमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। यस्तै, चन्द्रागिरि हिल्स, समृद्धि फाइनान्स र आरम्भ चौतारी लघुवित्तको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ।
कारोबारमा आएको चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.७९ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
