संसदीय सुनुवाइमा निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको गोप्य सुनुवाइ

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो।

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग भावी योजना र उजुरीहरूका बारेमा गोप्यरूपमा सुनुवाइ गरेको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो। प्रधानले आफ्नो भावी योजनासम्बन्धी अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेपछि सवाल जवाफ शुरू भएको थियो, तर सवाल जवाफमा पत्रकारहरूलाई भने निकालिएको छ।

शुरूमा पत्रकारहरूलाई पनि सहभागी गराइएको थियो तर प्रधानले प्रस्तुति सुनाएपछि सवालजवाफमा पत्रकारलाई नराख्ने निर्णय भएको सुनाइयो। प्रस्तावित आयुक्त प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो।