एशिया कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

समूह ‘ए’बाट भारत र पाकिस्तान तथा समूह ‘बी’बाट श्रीलंका र बांग्लादेश सेमिफाइनलमा पुगेका छन्।

काठमाडौँ– एसीसी एशिया कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। बुधबार राति भएको खेलको नतिजासँगै अन्तिम चारमा पुग्ने टिमको टुंगो लागेको हो। 

समूह ‘ए’बाट भारत र पाकिस्तान तथा समूह ‘बी’बाट श्रीलंका र बांग्लादेश सेमिफाइनलमा पुगेका छन्। बुधबार भएको पहिलो खेलमा बांग्लादेशले मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। 

यसैगरी, दोस्रो खेलमा श्रीलंकाले थाइल्यान्डमाथि १० विकेटको एकतर्फी जित हासिल गर्‍यो। दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछन्। पहिलो सेमिफाइनलमा भारत र बांग्लालादेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा श्रीलंका र पाकिस्तान भिड्नेछन्।