मध्यपहाडी लोकमार्गको रुकुमखण्ड अवरुद्ध

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। पानी नपरेमा बिहीबार दिउँसोसम्ममा सडक सञ्चालन हुने सम्भावना छ।

त्रिवेणी– मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएसँगै  रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगन्ज जाने तथा  रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौँ जाने सवारी साधन रोकिएका रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। 

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। पानी नपरेमा बिहीबार दिउँसोसम्ममा सडक सञ्चालन हुने उनले जानकारी दिए।