तोलामा २ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४५ हजार निर्धारण भएको छ। 

काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले घटेको छ।

बुधबार प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४५ हजार निर्धारण भएको छ। 

यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँ रहेको तेजाबी सुन एक लाख ४४ हजारमा झरेको छ। 

चाँदीको मूल्य भने प्रतितोला ५५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य एक हजार ७५० निर्धारण भएको छ।