बुद्धनगर–बबरमहल जोड्ने धोबीखोलाको पुलमा बाढीले क्षति, आवागमन बन्द

वर्षाका कारण धोबीखोलामा आएको बाढीका कारण काठमाडौँ महानगरपालिका–१० र ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको छ।

काठमाडौँ– काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा बाढीले क्षति पुर्‍याएको छ। 

केही दिनयताको वर्षाका कारण धोबीखोलामा आएको बाढीका कारण काठमाडौँ महानगरपालिका–१० र ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

“वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो,” उनले भने।