वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ।
काठमाडौँ– सरकारले वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने गरेको गुनासो बढेपछि म्यानपावर कम्पनीहरूलाई सचेत गराइएको हो।
“इजाजतपत्र प्राप्त संस्थाले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता गुनासोहरू विभागमा प्राप्त हुने गरेकोले त्यस्तो कार्यहरू नगर्न नगराउन हुन अनुरोध छ,” विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरिने जानकारी गराइन्छ।”
पछिल्लो समय वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेखअनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने, सार्ने, अन्तर्वार्ताको मितिमा आवेदक जाँदा म्यानपावर कम्पनीको कार्यालय बन्द रहने गरेको गुनासो पनि बढेको छ। विज्ञापनबमोजिम अन्तर्वार्ता गर्ने गराउने व्यवस्था गर्नका लागि पनि विभागले म्यानपावर कम्पनीलाई सचेत गराएको छ।
त्यस्तै, विभागले अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले तोकिएको मापदण्डबमोजिम तालिम प्रदान नगरेको, अनुगमनका क्रममा पनि यस्तो भेटिएको उल्लेख गर्दै अनिवार्य तोकिएको मापदण्डबमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन भनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
