एक वर्षको अवधिमा काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ।
काभ्रेपलान्चोक— एक वर्षमा झूटो विवरण पेश गरी नागरिकता लिएका २६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षभन्दा दोब्बर बढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको जनाएको हो। कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा नागरिकताका १० मुद्दा दर्ता भएको थियो २०७८/७९ मा ६ मुद्दा दर्ता थिए। जिल्लामा झूटो विवरण पेश गरी नागरिकता लिने बर्सेनि बढ्दै गएको घटनाक्रमले देखाएको छ।
हाल नागरिकताको विषयमा पेश हुन आएका कागजातलाई गम्भीरतापूर्वक हेरेर र कतिपयको हकमा प्रहरी प्रतिवेदनसमेत मगाएर मात्रै प्रदान गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए। उनका अनुसार गत वर्षमा भएका घटनाले प्रशासकलाई थप गम्भीर बनाएको छ।
नयाँ नागरिकतामा पनि प्रशासनले प्रहरी प्रतिवेदन खोज्ने गरेको पाइएको छ। कार्यालयले एक वर्षको अवधिमा जिल्लाबाट १० हजार ४२९ नयाँ नागरिकता जारी गरेको जनाएको छ। नयाँ नागरिकताका लागि एक हजार २७३ सर्जिमिन प्रहरी प्रतिवेदनसहित सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, नागरिकको गोप्य चालचलनका लागि एक हजार १० सिफारिस गरिएको उसले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा भने एक वर्षमा नौ हजार २२४ पुराना नागरिकताको प्रतिलिपि जारी गरिएको छ। यस्तै, आमाको नामबाट १२ र ७ अंगीकृत नागरिकता वितरण गरिएको छ। यस अवधिमा ५५ ले नागरिकता त्यागेका छन भने ५३ गैरआवासीय नागरिकता जारी भएको छ।
त्यस्तै, राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचिएका १९ हजार ७७५ मध्ये एक हजार ९३४ वितरण भएका छन्। १७ हजार ९०३ ले राहदानीका लागि कार्यालयमा आवेदन दिएका थिए। पाँच सय तीन दलित–जनजाति तथा ७२४ ले नाबालक परिचयपत्र लिएका छन्।
यसैबीच, एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ। कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी नौ वटा नक्कली नागरिकता रद्द गरिएको हो। तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा अधिकृत रामचन्द्र अर्याल भएका बेला जारी गरेका ११ थान नागरिकता रद्द गरिएको हो। उनका अनुसार रद्द गरिएका सबै नागरिकता २०७३/७४ मा जारी भएको पाइएको हो।
खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामा नै रहेको बुझिएका छ। यस्तै, नागरिकता सनाखत गरेर विदेशीलाई समेत नागरिकता बिक्री गर्ने गिरोह मिलाउने तत्कालीन सुब्बा (हालका अधिकृत) अर्याल र अधिकृत भूपेन्द्र पाण्डेय भने गत चैतमा धरौटीमा छुटेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
