सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्रै परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ।
काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ।
कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछि मात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ।
शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ।
“शव पहिचान नभईकन दिन मिल्दैन। १२ वटा शवको परीक्षण सकिएको छ, अहिले तीन वटा शव परीक्षण भइरहेको छ। पहिचान नभएकाहरूको डीएनए गर्नुपर्यो भने नतिजा आउन दुई हप्ता लाग्छ। परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला। प्रक्रिया मिलेपछि पर्सिबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ,” अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भने।
उनले विज्ञहरू संवेदशीलपूर्वक काममा खटिएको र शव पहिचान भएर प्रक्रिया पूरा भएपछि सकेसम्म छिटो हस्तान्तरण गरिने जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
