सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन्। “नेपाल सरकारका कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ,” उनले भने।
नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको पहिलोपटक हो। यद्यपि, उनी ५८ वर्षे उमेरहदका कारण गड्तौला आगामी १५ भदौमा अवकाशमा जानेछिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलोपटक महिलाले पाएको भन्दै नवनियुक्त मुख्यसचिव गड्तौलालाई बधाई दिएका छन्।
“देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई! आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई,” उनले सामाजिक सञ्चालमा लेखेका छन्।
यसअघि सरकारले उनलाई असार ३१ गते कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।
अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचारको मुद्दा दायर भएपछि वैकुण्ठ अर्याल मुख्यमन्त्री पदबाट निलम्बित भएका थिए। त्यसपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिवको जिम्मेवारीमा रहेकी गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको थियो। सरकारले अर्याललाई भने राष्ट्रिय योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरेर पठाएको छ।
प्रवक्ता गुरुङले योजना आयोगका उपाध्यक्ष र सदस्यको मनोनयन गरेको पनि जानकारी दिए। मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त निर्णय गरेको हो।
त्यस्तै, सदस्यहरूमा महोत्तरीकी डा. आरती विसार, धनुषाका डा. रमेशप्रसाद सिंह, अर्घाखाँचीका डा. प्रकाशकुमार श्रेष्ठ, झापाकी गीताकुमारी पौडेल अधिकारी, अर्घाखाँचीका डा. जयबहादुर टण्डन, दार्चुलाका गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
