भण्डारीले आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको पछिल्लो गीतमा स्वरसँगै संगीत पनि आफैँले दिएका छन्।
काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारी व्यस्त चिकित्सा जीवनबाट फुर्सद निकालेर केही न केही सिर्जनशील काम गरिरहन्छन्। सांगीतिक र खेलकुद गतिविधिमा उनको संलग्नता त्यसको उदाहरण हो।
भर्खरै मात्र उनले ‘मायालु भाका’ गीत सार्वजनिक गरेका छन्। यसअघि पनि छिटपुट गीत गाउँदै आएका भण्डारीले आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको पछिल्लो गीतमा स्वरसँगै संगीत पनि आफैँले दिएका छन्। गीतमा पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीका शब्द समेटिएका छन्। गीतको म्युजिक भिडियो भने अनिल के मानन्धरले निर्माण गरेका हुन्।
प्रा.डा. भण्डारीकै पहलमा त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा शुरू भएको थियो। त्रिविमा यो सेवा शुरू भएपछि तुलनात्मक रूपमा निकै महँगो मानिने कलेजो प्रत्यारोपण सर्वसाधारणका लागिसमेत केही सहज भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
