मौसमी समस्याका कारण केही उडान रद्द भएका छन् भने केही उडान अन्यत्र मोडिएको जनाइएको छ।
मुम्बई र यसका उपनगरमा परेको भारी वर्षाका कारण एयर इन्डियाका उडान प्रभावित भएका छन्। मौसमी समस्याका कारण केही उडान रद्द भएका छन् भने केही उडान अन्यत्र मोडिएको जनाइएको छ।
उडान प्रभावित भएपछि बिहीबारका लागि गरिएको टिकट बुकिङ रद्द गरेको एयर इन्डियाले जनाएको छ।
यसै सन्दर्भमा एयरलाइन्सले एउटा लिंक सार्वजनिक गर्दै यात्रुहरूलाई एयरपोर्ट जानुअघि उडानको अवस्थाबारे जानकारी लिन पनि आग्रह गरेको छ। यात्रुका लागि एयरलाइन्सले सामाजिक सञ्जाल एक्समार्फत जानकारी सार्वजनिक गरेको छ।
एयरलाइन्सले भारी वर्षाले उडानमा सम्भावित अवरोधको चेतावनी दिँदै मुम्बई आउने र जाने उडान प्रभावित हुनसक्ने जनाएको छ।
बुधबार मुम्बई वर्षाको कारण जलमग्न भएपछि सवारी आवागमन बन्द गरिएको थियो। यसका कारण सार्वजनिक यातायातमा बाधा पुग्दा अनगिन्ती यात्रु असुविधामा पारेका थिए।
मुम्बई नगरीय मौसम पूर्वानुमान कार्यालयले मुम्बईको शहर तथा नगरमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको छ भने बाँकी स्थानमा भारी वर्षा हुने जनाएको छ।
मुम्बईका पानी आपूर्ति केन्द्रमा भारी वर्षाले भण्डारण वृद्धि भएकाले हाल विहार, तुलसी, तानसा र मोदकसागरलगायतका जलाशय भरिएका छन्। यस अवस्थालाई मध्यनजर गर्दै मुम्बईको पानी आपूर्तिमा १० प्रतिशत कटौती गरिएको छ।
भारतीय मौसम विभागले बिहीबार महाराष्ट्रका लागि ‘रेड अलर्ट’ चेतावनी जारी गर्दै भारी वर्षाको पूर्वानुमान गरेको छ।
महाराष्ट्रमा जुलाई २६–२७ सम्म भारी (११५ देखि २०४ मिलिमिटर) वर्षा हुने चेतावनी दिइएको छ। यसैगरी महाराष्ट्रको कोङ्ण क्षेत्रका ठाणे, पालघर, रायगढ, रत्नागिरी र सिन्धुदुर्ग जिल्लामा पनि बर्षाजन्य जोखिमको चेतावनी जारी गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
