प्रधानसम्पादक केपी ढुंगानाले सीएमएसमा अनधिकृत प्रवेश गरी रास्वपाका सभापति रवि लामिछाने, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र काठमाडौँ महानगरका मेयर बालेन साहसँग सम्बन्धित समाचार हटाएको बताए।
काठमाडौँ— अनलाइन न्यूज पोर्टल उकेरा डटकमले आफ्नो साइटको कन्टेन मेनेजमेन्ट सिस्टम (सीएमएस)मा अपरिचित व्यक्ति-समूह अनधिृकत प्रवेश गरेर प्रकाशित समाचार हटाएको जनाएको छ। उकेराको सञ्चालक संस्था पाथसिड नेपाल प्रालिले विज्ञप्ति जारी गर्दै सर्भर–साइटमा पटक–पटक आक्रमण गरिएको र समाचार हटाइएको जनाएको हो।
सो अनलाइनका प्रधानसम्पादक केपी ढुंगानाका अनुसार बिहीबार मध्यराति उकेराको सीएमएसमा अनधिकृत प्रवेश गरेर 'ह्याकर'ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहसँग सम्बन्धित समाचार हटाएका हुन्। ती समाचारका हटाएर ह्याकरले असान्दर्भिक तस्वीर तथा शीर्षक राखिदिएका थिए।
“समाचारका विषयमा चित्त नबुझे कानुनी बाटो अपनाउने सुविधा हुँदाहुँदै अनलाइनमा अनधिकृत प्रवेश गरेर समाचार हटाउने काम भयो”, उनले भने, “हामी कानूनी उपचारमा जाने तयारीमा छौँ, सँगै यसमा संलग्नहरू पत्ता लगाउने प्रयास पनि जारी छ।”
उनले उकेराको सीएमएस र सर्भरमा छिर्न मोबाइल, ट्याब र ल्यापटप प्रयोग गरिएको खुलेको बताए। उकेराको साइटमा अनधिकृत प्रवेश गरेर समाचार हटाइएको भन्दै पत्रकार महासंघ, फ्रिडम फोरम र अनलाइन पत्रकार संघ नेपालले यसमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
