लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको नगरपालिकाले जनाएको छ।
काठमाडौँ– काठमाडौँको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।
लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए। उनी साउन दुई गते अस्पतालमा भर्ना भएका थिए।
उनकाे पार्थिव शरीर नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र शुक्रबार नै अन्त्येष्टि गर्ने तयारी छ। नकर्मीको निधनमा नगरपालिकाले शुक्रबार पालिकाभर शोक बिदा दिएको छ।
नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि गत साउन १ गते नै शुभलक्ष्मी शाक्यलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
