स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङलाई ४६ सय मतको अग्रता

हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार ४०१ मत ल्याएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६२ मत प्राप्त गरेका छन्।

स्याङ्जा– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका हुन्। गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६३१ मतले अगाडि छन्।

हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार ४०१ मत ल्याएकी छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६२ मत प्राप्त गरेका छन्।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मगतणना सकिएको छ। अब चापाकोट नगरपालिका–५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तैगरी, स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउँदै लगेका छन्। चापाकोट नगरपालिका–४ वडासम्मको मतगणना सकिँदा भट्टराई एक हजार ९६६ मतान्तरसहित अगाडि छन्। भट्टराईले १४ हजार ७१५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार ७४९ मत ल्याएका छन्।