घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण शुरू भएको ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा आवतजावतमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ।
दाङ– जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण शुरू भएको ३५ वर्ष भइसकेको छ। विसं २०४५ देखि उक्त सडक निर्माण शुरू भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन।
करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ। सडकको ट्र्याक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही–तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ।
सडक कालोपत्र गर्न पटक–पटक सरोकार भएका निकायमा दबाब दिँदै आए पनि सुनुवाइ नभएको तुलसीपुर–४ का दोलकबहादुर खत्रीले बताए।
“सडक सम्पन्न भएको अवस्थामा आवतजावतमा सहजता हुने थियो। यो क्षेत्र कृषि उत्पादनका हिसाबले राम्रो मानिन्छ,” उनले भने, “सडक स्तरोन्नति भएमा यस क्षेत्रमा उत्पादित तरकारीलगायत सामग्री घोराही बार लगेर बिक्री गर्न सहज हुने थियो।”
“सडक धेरै पहिला नै ट्र्याक खोलिएको हो। समयमा स्तरोन्नति नहुँदा कतै पुनः नयाँ ट्र्याक बनाउनुपर्ने स्थित छ भने कतै नाली बनाउनुपर्ने अवस्था छ,” तुलसीपुर–४ का वडा अध्यक्ष तुलसी थापाले भने। करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै उनले बाँकी ११ किमीअन्तर्गत कतिपय स्थानमा नयाँ ट्र्याक र नाली बनाउनुपर्ने अवस्था रहेको जानकारी दिए।
सडक निर्माणका लागि आफूले पटक–पटक प्रदेश र संघ सरकारलाई दबाब दिइरहेको वडा अध्यक्ष थापाले बताए। घोराही, हापुर, निघुवार, अक्कासी, सङ्क्राम हुँदै रक्षाचौर जोड्ने सडकको ट्र्याक खोल्ने काम पूरा भए पनि स्तरवृद्धि नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ।
घोराही–रक्षाचौर खण्डको कौवाखोली–कल्लेखोलासम्मको सडक स्तरोन्नति हुन सकेको छैन। उक्त सडकका लागि परेको बजेट कटौती हुँदै गएको छ भने परेको बजेट पनि फ्रिज हुने गरेको वडा अध्यक्ष थापाले जानकारी दिए। घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडक नहुँदा यात्रीले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
