काठमाडौँ मेडिकल कलेजले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी घाइते भएका चालक मनीषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको जनाएको छ।
काठमाडौँ– काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनीषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ।
कलेजका निर्देशक प्राडा मीना थापाले चालक शाक्यको स्वास्थ्यमा सुधार आएको बताइन्। उनले ढाडको एउटा हड्डीका साथै देब्रे पट्टीको तीन वटा करङ भाँचिएकाले पूर्ण रूपमा आराममा राखिएको बताइन्।
“ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ,” उनले भनिन्, “घरपरिवारबाहेकलाई भेटन दिएका छैनौँ।”
साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए। उनको अनुहार, आँखा, नाक तथा टाउकोमासमेत चोट लागेको बताइएको छ।
‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’
सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रूपमा काम गर्दै आएका मित्र एवं सहयोगीहरूको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने प्रतिष्ठित तथा विज्ञहरूको क्षतिबाट कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रसमेतले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै यस दुःखद घडीमा शोक सन्तप्त परिवार र आफन्तजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन्।
पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सद्भाव सधैँ रहने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ। “सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक पुर्याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैँ जीवन्त एवं चिर स्मरणीय इतिहासको रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।
कम्पनीले विमान दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। विमान दुर्घटनामा चालक दलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्यु भएको थियो।
त्रिवि शिक्षण अस्पतालले विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव शुक्रबारबाट आफन्तलाई जिम्मा लगाउने भएको छ। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले शवको परीक्षण भइसकेको जनाउँदै आफन्तले दिएको विवरण र परीक्षण रिपोर्टका आधारमा मृतकको पहिचान गरी शव जिम्मा लगाइने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
