पेरिस ओलम्पिक उद्घाटनको केही घण्टाअघि फ्रान्समा उच्च गतिको रेल नेटवर्कलाई प्रभावित पार्ने गरी भएको आगजनीबाट यातायात प्रणाली अवरुद्ध भएको छ।
काठमाडौँ– फ्रान्सको सरकारी रेल कम्पनी एसएनसीएफमा आगजनी हुँदा रेलसेवा प्रभावित भएको छ। उच्च गतिको रेलसेवा नेटवर्क (टीजीभी)लाई प्रभावित पार्ने गरी भएको आगजनीसहितको आक्रमणले यातायात प्रणाली अवरुद्ध भएको छ।
पेरिस ओलम्पिकको उद्घाटन समारोह शुरू हुनुभन्दा केही घण्टा अघि फ्रान्सको उच्च गतिको रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलिटहरूले आक्रमण गरेको खेलमन्त्री अमेली ओडियाकास्टेराले शुक्रबार बताएका छन्।
गत रात पनि एसएनसीएफले एट्लान्टिक, उत्तरी र पूर्वी क्षेत्रको उच्च गतिको रेलमार्गमा तोडफोड भएको दाबी गरेको थियो। एनएनसीएफका अनुसार रेल नेटवर्कमा भएको आक्रमणबाट ८० हजार यात्री प्रभावित भएका छन्।
आक्रमणपछि रेलहरू विभिन्न मार्गमा मोडिनुका साथै ठूलो संख्यामा रद्द गर्नुपरेको एसएनसीएफले विज्ञप्तिमा उल्लेख गरिएको छ। मर्मत सम्भार लगायतको कामका कारण रेलसेवा साताव्यापी प्रभावित रहने जनाइएको छ।
कडा सुरक्षाबीच पेरिसमा ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोह आयोजना हुँदै छ। स्रोतका अनुसार एथलेटिक्स स्टेडियमबाहिर ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोह आयोजना हुनेछ।
उद्घाटन समारोहमा तीन लाख दर्शक तथा पाहुना उपस्थित हुने अपेक्षा गरिएको छ। शुक्रबार साँझ हुने परेडमा सात हजार ५०० जनासम्म प्रतियोगीले ८५ वटा डुंगामा साइन नदीको ६ किलोमिटर यात्रा गर्नेछन्। यस्तो संवेदनशील समयमा रेलसेवामा आकस्मिक आक्रमण गरी देशको बदनाम गराउने प्रयास गरिएको खेलमन्त्रीले बताएका छन्।
आक्रमणपछि पेरिसको मोन्टपार्नास रेल स्टेसनमा रेलसेवामा ३० मिनेटदेखि साढे दुई घण्टासम्म ढिलाइ हुने सूचना जारी गरिएको थियो। जसका कारण कैयौँ यात्रुहरू अलपत्र परेका र थप जानकारीका लागि पर्खिरहेको बताइएको छ। सोमबारबाट सामान्य सेवा पुनः शुरू हुने अपेक्षा गरिएको रेलवे स्टेसनको प्रस्थान हलमा रहेको एउटा संकेतमा लेखिएको छ।
रेल नेटवर्कमा भएको आगजनीको फ्रान्सका यातायातमन्त्री पार्ट्रिज भर्ग्रेटले निन्दा गर्दै एसएलसीएफका कर्मचारीले सकेसम्म चाँडो रेलसेवा पुनर्स्थापित गर्न प्रयासरत रहेको बताए। “म यी आपराधिक कार्यहरूको कडा शब्दमा निन्दा गर्दछु,” उनले भने, “यसले धेरै फ्रान्सेली नागरिकको यात्रा योजनालाई बाधा पुर्याउँछ। एसएलसीएफका कर्मचारीले सकेसम्म चाँडो सेवा पुनर्स्थापित गर्न कडा मिहिनेत गरिरहेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
