माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरूले राजीनामा दिएको बताए।
मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिएका छन्।
प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगरले शुक्रबार संयुक्त रूपमा राजीनामा दिएका हुन्।
मुख्यमन्त्री कार्कीले विकसित राजनीतिक घटनाक्रममा हाललाई सत्ता समीकरण नरहेको अवस्थामा राजीनामा दिएको धन्यवाद तथा ७५ दिनसम्म सत्तामा रहेर गरेको महत्त्वपूर्ण सहयोगका लागि आभार व्यक्त गरे।
“अहिलेको अवस्थामा सत्ता सहकार्यमा अलग भए पनि हामीबीच राजनीतिक क्षेत्रमा सहयोग एवं प्रतिपक्षको रचनात्मक भूमिका हुने विश्वास छ,” उनले भने।
माओवादी केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरूले राजीनामा दिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
