अध्यक्ष तिमिल्सिनाले सचेत समुदायले दलहरूलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणका कामले गति लिने बताए।
काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नआएको टिप्पणी गरेका छन्।
दलहरूमाथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकका लागि हितकर नभएको उनको भनाइ थियो। शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एकदिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरू बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रहसमेत गरे।
अध्यक्ष तिमिल्सिनाले सचेत समुदायले दलहरूलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणका कामले गति लिने पनि स्पष्ट पारे।
"दलहरूलाई अब तिमीहरूको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुपर्यो। त्यस हिसाबले भन्ने गरी सचेत व्यक्ति बिनाआग्रह पार्टीमा लाग्नुपर्छ। सचेत व्यक्तिहरूको दबाबले नै नेताहरू, पार्टीहरूमा करेक्सन हुने हो", उनले भने, "त्यसरी मात्रै हाम्रो संघीयता, लोकतन्त्र, गणतन्त्र बलियो हुन्छ ।" उनले राजनीतिक दलहरूलाई सच्चिन पनि पटक-पटक ध्यानाकर्षण गराए।
अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढ्न ढिलाइ गर्न नहुने बताए। त्यस अवसरमा उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसासमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
