भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन्। बाढीले कटान गरेर भ्वाङ परेको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ।
कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर वरपर भ्वाङै भ्वाङ परेको छ। घरको केही भागको माटो कटान गरेर घर भत्किने जोखिम छ।
गत असार तेस्रो साता आएको बाढीले घर वरपरको जमिन कटान गरेको चन्द बताउँछन्। “अविरल वर्षापछि निर्माणाधीन महाकाली तेस्रो चरणको नहर भरिएर बस्तीतिर पस्यो। त्यही बाढीले कटान गर्दा घर भत्किने डर छ,” उनले भने।
बाढीले कटान गरेर घर जोखिममा परेको एक महिना पुग्नै लाग्दा पनि तटबन्ध निर्माण हुन नसक्दा डराईडराइ बस्नुपरेको उनको गुनासो छ। “तटबन्ध निर्माणका लागि बारम्बार माग गरिरहेका छौँ। तर हाम्रो पीडा कसैले सुनेन,” उनले भने, “पानी पर्दा कुन बेला घर तहसनहस पार्छ? डराई डराइ बस्नुपर्ने बाध्यता छ।”
भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन्। बाढीले कटान गरेर भ्वाङ पारेको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ। “अस्थायी तटबन्ध निर्माण गर्ने केही राहत हुन्थ्यो। तटबन्ध नहुँदा त्रिपाल टाँग्नुपर्ने बाध्यता छ,” स्थानीय मोहन नाथले भने, “आकाशमा बादल लाग्ना साथ निन्द्रा लाग्दैन।”
स्थानीयले अस्थायी तटबन्ध निर्माणको माग गरेका छन्। “यहाँ खोला नदी केही छैन। कहिल्यै बाढी आएको थिएन। पानीले नहर भरिएपछि बस्तीतिर आएर क्षति पुर्याएको हो,” तुम्णानीकी राजमतीदेवी विष्ट भन्छिन्, “यस्तो घरमा जोखिम मोलेर कसरी बस्ने ?”
उनका अनुसार कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ। बाढीले दुई कट्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको स्थानीय भुवन सिंह धामीले बताए।
चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव र महेन्द्रनगर जोड्ने सडकमा पनि क्षति पुगेको छ। थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ राम नाथले जानकारी दिए।
भीमदत्त नगरपालिका–९ स्थित स्थानीय थापा चौराहा जोड्ने सडकको कल्भर्ट बाढीले बगाउँदा भीमदत्तको वडा नम्बर ६, ७ र ८ सँगको सडक अवरुद्ध विच्छेद भएको छ। “कल्भर्ट भत्किएको छ। गाडी सञ्चालन गर्न सकिने अवस्था छैन,” नाथले भने, “कल्भर्ड भत्किएको ठाउँनिर हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
