यस्तो रहनेछ शनिबारको मौसम

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। 

जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

दिउँसो देशभर साधारणतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ।  यसैगरी, राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई  स्थानमा भारी  वर्षा हुने महाशाखाले जनाएको छ।