श्रीलंका र भारतबीचको फाइनल खेल आइतबार हुनेछ। भारतले हालसम्म भएका ८ मध्ये ७ संस्करणको उपाधि जितेको छ।
काठमाडौँ– एसीसी महिला एशिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन्।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली श्रीलंका फाइनलमा पुगेको छ। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेटको क्षतिमा १९.५ ओभरमा पूरा गर्यो।
त्यसअघि पहिलो सेमिफाइनलमा साबिक विजेता भारतले बांग्लादेशमाथि १० विकेटको जित हासिल गरेको थियो। बांग्लादेशले दिएको ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाई ११ ओभरमा पूरा गर्यो। श्रीलंका र भारतबीचको फाइनल खेल आइतबार हुनेछ।
भारत एसीसी महिला एशिया कपको सर्वाधिक सफल टोली हो। उसले हालसम्म भएका ८ मध्ये ७ संस्करणको उपाधि जितेको छ। सन् २०२२ मा भएको अघिल्लो संस्करणमा पनि श्रीलंकालाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको थियो। सन् २०१८ को फाइनलमा भने भारत बांग्लादेशसँग ३ विकेटले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
