नेपालमा पहिलो पटक डेंगी सन् २००४ मा चितवनमा देखिएको थियो। घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो।
चितवन– चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ। ३०० जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगी संक्रमण देखिएको हो। संक्रमितमध्ये ५१ जना चितवनका हुन्।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगीको संक्रमण बढेको छ। गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए। भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगी देखिएको छ। उनले भने, “डेंगीको संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ।” संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको छ।
जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार ८३१ जनामा डेंगीको संक्रमण देखिएको थियो। प्रमुख रुपाखेतीका अनुसार २३ हजार ८४० जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो। विशेषगरी भदौ र असोजमा डेंगी रोग बढी देखिने गर्छ। “अहिले साउनको शुरूआतदेखि नै डेंगीको संक्रमण देखिन थालेको छ। यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्छ,” उनले भने, “वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ।”
यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यांकी आदिमा फूल पार्ने गर्छ। यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ। डेंगी लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन्।
यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो। डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो। डेंगी ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो। चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
