कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ। सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण भेगका बासिन्दा पैदलै आवतजावत गर्न बाध्य भएका छन्।
बागलुङ– राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ। बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।
पटक पटक अवरुद्ध सडक दुई सातापछि सञ्चालनमा आएको थियो। सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अवरुद्ध भएको छ। सडकको ट्र्याक नै बगाएपछि सडक खुल्न नसकेको हो।
वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने भएको छ।
उक्त पहिरोका बलेवा, कुश्मिसेरा र बरेङ सडकसमेत चार दिनदेखि अवरुद्ध बनाएको छ। पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि यात्रुहरू पैदलै आउजाउ गर्न बाध्य भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
