दोलखामा माओवादीका गंगा कार्कीलाई पछ्याउँदै एमालेका बालकृष्ण शिवाकोटी

हालसम्म २२ हजार ९६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १० हजार ७३७ मत प्राप्त गरेका छन्।

काठमाडौँ– दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ।

हालसम्म २२ हजार ९६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १० हजार ७३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ९ हजार ४७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

दोलखाको प्रदेशसभा (१) मा १९ हजार ३६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ९ हजार ३६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ७ हजार ९०१ मत ल्याएका छन्।

प्रदेशसभा (२) मा २४ हजार ४१० मतगणना हुँदा कांग्रेसका वर्मा लामाले १० हजार ४७२ र एमालेका भरत केसीले ९ हजार ८०३ मत प्राप्त गरेका छन्। दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियो।

दोलखामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए। कूल १ लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र ७ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।