कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

बागमती र गण्डकीका धेरै तथा कोशी, लुम्बिनी र कर्णालीका  थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

जसको प्रभावले बागमती र गण्डकीका धेरै तथा कोशी, लुम्बिनी र कर्णालीका  थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा बाँकी स्थानका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।  

यसैगरी, राति लुम्बिनी र कर्णालीका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक-दुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।