कठिन समूहमा रहेका प्रिन्सलाई दुई पटकका विश्व च्याम्पियन बनिसकेका भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए।
काठमाडौँ– पेरिस ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा शनिबार राति सम्पन्न खेलमा उनी २–० को सोझो सेटमा पराजित भएका हुन्।
कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए। प्रिन्सको समूहमा उनी र भिक्टरसहित चार खेलाडी छन्। अब प्रिन्सले सोमबार आयरल्यान्डका हात गुयेनसँग खेल्नेछन् भने साउन १६ गते इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन्।
सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपाल ओलम्पिकमा सहभागी भएको हो। ब्याडमिन्टनमा नेपाल पहिलो पटक कोर्टमा उत्रिएकोको हो। प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए। प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रूपमा सहयोग गरिरहेका छन्।
भिक्टर टोकियो ओलम्पिक–२०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरियो ओलम्पिक– २०१६ का कास्य विजेता हुन्। दुई पटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बीडब्लू टुरमा १८ पटक विजेता भएका छन्। ३० वर्षीय भिक्टरले ६ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न शुरू गरेका थिए।
ओलम्पिक खेलअन्तगर्त सुटिङ खेलमा नेपालकी सुष्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने पौडीमा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
