गोरखामा पहिरो: ४ जना बेपत्ता, २ घाइते

आइतबार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको प्रहरीले जनाएको छ।

तस्वीर सौजन्य: सुशील गुरुङ।

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता तथा दुईजना घाइते भएका छन्।

आइतबार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन्।  

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका छन्। बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताइन्। 

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए।