तोलामा १ हजारले बढ्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार एक लाख ४५ हजार ७०० रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार एक लाख ४५ हजार ७०० रुपैयाँ पुगेको छ। 

यस्तै, शुक्रबार प्रतितोला एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन एक लाख ४५ हजार निर्धारण भएको छ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला एक हजार ७३० मा कारोबार भएको चाँदी आइतबार एक हजार ७४० रुपैयाँ निर्धारण भएको छ।