चीनको हुनान प्रान्तमा पहिरो: ११ जनाको मृत्यु

घटनास्थलबाट ६ जना घाइतेको उद्धार गरिएको र एकजना बेपत्ता रहेको बताइएको छ। उद्धार कार्य जारी छ। 

मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोले स्थानीय अतिथिगृह ध्वस्त हुँदा ११ जनाको मृत्यु भएको छ। 

एक जना बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। ६ जना घाइतेको उद्धार गरेको बताइएको छ। घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी छ। 

यस महिनाको शुरूमा उत्तर र दक्षिणपश्चिम चीनमा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो। 

गत मेमा दक्षिणी चीनमा लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो।