नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा कायम भएको छ भने १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११३.४२ अंक अर्थात ४.४१ प्रतिशतले बढेर २६८१.५६ को विन्दुमा कायम भएको छ।
यस दिन ३१८ कम्पनीको चार करोड तीन लाख १४ हजार पाँच हजार १७६ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबारको कारोबारमा लघुवित्त समूह ०.१८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूह ९.८९ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी समूह ५.७५ र विकास बैंक समूह ४.८७ प्रतिशतले बढेको छ।
आइतबार एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैंक छन्। नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल एसबीआई बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, एभरेस्ट बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
उपकार लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ३६ करोड १० लाख रुपैयाँ बराबरको १७ लाख ६ हजार ५८२ कित्ता शेयर किनबेच भएको छ।
आइतबार नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको छ। यस दिनको कारोबार शुरू भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो। त्यस्तै, दोस्रोपटक कारोबार शुरू भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत विन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
