सर्वोच्च अदालतले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशीलाई दोषी ठहर गर्दै ९ महिनाको जेल सजायको फैसला सुनाएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशीलाई दोषी ठहर गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले मुद्दा दर्ता भएको १२ वर्षपछि फैसला गरेको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार जोशीलाई ६९ लाख १५ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्तिको जरिबाना तिराउने फैसला भएको हो भने नौ महिना कैद सजाय पनि सुनाइएको छ।
जेठ १ गतेदेखि अन्तिम सुनुवाइ शुरू भएको यो मुद्दाको आइतबार फैसला भएको हो। उक्त मुद्दामा प्रतिवादी बनाइएका ताराराज पाण्डे र वासुदेव पन्तको हकमा भने सफाइ पाउने फैसला भएको छ।
विशेष अदालतले २०६९ सालमा जोशीलाई गैरकानूनी सम्पत्ति आर्जन कसुरमा दोषी ठहर गरेको थियो। विशेषले जोशीले आर्जन गरेको दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ गैरकानूनी ठहर गर्दै त्यो रकम जफत र त्यति नै रकमबराबर जरिबाना हुने फैसला गरेका थियो। विशेषले एक वर्ष ६ महिना कैद सजाय तोकेको थियो।
विशेषको फैसलापछि जोशी सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। सर्वोच्चले विशेषको केही फैसला भने उल्ट्याएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
