विशेष अदालतले अन्तःशुल्क खरिदमा आर्थिक अनियमितता गरेको मुद्दामा प्रतिवादी बनाइएका निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।
काठमाडौँ– विशेष अदालतले अन्तःशुल्क खरिदमा आर्थिक अनियमितता गरेको मुद्दामा प्रतिवादी बनाइएका निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।
आइतबार उक्त मुद्दाको थुनछेक बहसका क्रममा अदालतमा उपस्थित भएका अर्यालसँग विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले धरौटी माग्ने आदेश गरेको हो।
अर्याल ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असार ९ गते विशेष अदालतमा अर्यालविरुद्ध मुद्दा दायर गरेको थियो।
सञ्चारसचिव रहँदा अर्यालले दूरसञ्चार प्राधिकरणको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यकोषमा अर्बौं रुपैयाँ क्षति पुग्ने गरी निर्णय गरेको निष्कर्षसहित अख्तियारले आर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
