भारत राजस्थानका एक व्यक्तिले आफूलाई जिउँदो साबित गर्न भाैतिक आक्रमण नै गरे। प्रहरीले पक्राउ गरेपछि आफू जीवित भएको प्रमाणित हुने उनको विश्वास थियो।
कसैले गाली गरेर ‘तँ मरिस्’ भने पनि कति रिस उठ्छ। सरकारी आँकडामै मृत घोषित गरिदिँदा झन् कस्तो होला?
भारत राजस्थानका एक व्यक्तिले आफू जीवित भएको साबित गर्न हदैसम्म गरे। उनले विद्यालयमा गएर शिक्षक र बालबालिकामाथि नै आक्रमण गरे। किन अचानक यसरी आक्रमण गरेको भनेर प्रहरीसँगको सोधपुछमा उनले आफूलाई जीवित साबित गर्न यस्तो गरेको बताए।
प्रहरीसँग उनले भने “सर म जिउँदै छु, तर यो कुरा सरकारी अधिकारी कसैले पनि पत्याउँदैनन्।”
राजस्थानको बालोत्रा जिल्लाका बाबुराम नाम गरेका ती व्यक्तिले जुलाइ १९ तारिखका दिन स्थानीय सरकारी विद्यालयमा घुसेर प्रधानाध्यापक र शिक्षकलाई छुरा प्रहार गरे। उनले आफूलाई जिउँदै प्रमाणित गर्नको लागि यो कदम उठाएका थिए, किनभने उनको मृत्यु प्रमाणपत्र बनेको थियो र उनी आफूलाई जीवित साबित गर्न चाहन्थे। उनले यसअघि पनि यस्ता आपराधिक प्रयास गर्दै आएका तर अहिलेसम्म समस्याको सुनुवाइ नभएको उनले प्रहरीसँग बताएका छन्।
कसैले धोका दिने नियतले आफ्नो मृत्यु प्रमाणपत्र बनाएको हुन सक्ने भन्दै उनी त्रसित छन्। आफ्नी श्रीमती र छोराछोरीलाई कुनै अप्रिय घटना हुन्छ कि भन्ने उनलाई डर छ। यही डरका कारण बाबुरामले आफूलाई जिउँदै छ भनी सबैले थाहा पाउने गरी अपराध गर्न खोजेका थिए।
आफूलाई जिउँदै प्रमाणित गर्न उनले यसअघि पनि मिथोरा गाउँको मोबाइल टावरमा चढेको बताएको प्रहरीले जनाएको छ। बाबुराम आफू जिउँदै रहेको प्रमाण दिन चाहेको तर अहिलेसम्म सफल नभएको बताउँछन्।
रोजगारीको खोजीमा गुजरात गएको तर त्यहाँ आफूसँग कागजात नहुँदा रोजगारी पनि नपाएको उनले बताए। त्यसपछि उनी आफ्नो गाउँ सिवाना फर्किए, जहाँ आफूलाई जिउँदै प्रमाणित गर्न प्रशासनलाई पेट्रोल छर्केर आगो लगाउनेसमेत धम्की पनि दिएका थिए।
सिवाना प्रहरी चौकीका एसएचओका अनुसार बाबुरामलाई आफ्नो मृत्यु प्रमाणपत्रका आधारमा कसैले आफ्नो जग्गा तथा सम्पत्ति हडप्ने डर थियो। त्यही डरले विद्यालयमा पसेर आक्रमण गर्ने योजना बनाए। ताकि यदि उसले त्यसो गर्छ भने उसलाई प्रहरीले समातेर सरकारी अभिलेखमा जिउँदै प्रमाणित गर्न सकोस्।
मृत्यु प्रमाणपत्रका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यसका लागि ग्राम पञ्चायत र तहसील तहमा अनुसन्धान भइरहेको जनाएको छ।
–भारतीय सञ्चारमाध्यमबाट
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
