पाकिस्तानमा जग्गा विवाद साम्प्रदायिक हिंसामा परिणत हुँदा ३५ जनाको मृत्यु

उत्तरपश्चिमी पाकिस्तानमा जनजातिहरू बीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा ३५ जनाको मृत्यु भएको छ।

उत्तरपश्चिमी पाकिस्तानमा जनजातिहरू बीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा हालसम्म ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

एक बन्दुकधारीले दशकौँदेखि बल्झिरहेको कृषि भूमि विवादमा वार्ता गरिरहेको परिषद्माथि गोली चलाएपछि साम्प्रदायिक लडाइँ शुरू भएको थियो। त्यसपछि सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच बुधबारदेखि लडाइँ जारी रहेको स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले बताए।

हुसेनका अनुसार यस हिंसाले अफगानिस्तानको सिमामा रहेको कुर्रम जिल्लामा एकसाथ बसोबास गर्ने कुलहरूबीचको लामो समयदेखिको धार्मिक तनावलाई पुनर्जीवित गरेको छ।

“शुरूमा जग्गा विवाद थियो, यो मुद्दा अहिले साम्प्रदायिक हिंसामा परिणत भएको छ,” हुसेनले भने, “सरकार र स्थानीय नेताहरूले जिर्गा (आदिवासी परिषद्) मार्फत लडाइँ रोक्न प्रयास भइरहेको छ तर अहिलेसम्म सफल हुन सकेको छैन।”

साथै पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य जस्तै छ। पाकिस्तान सुन्नी बहुल देश हो। यहाँ शियाले बारम्बार भेदभाव र हिंसाको सामना गर्छन्। शिया जनजातिले द्वन्द्वमा ‘सबैभन्दा बढी क्षति’ भोगेको बताइएको छ। सरकारी अधिकारीले मृतक ३५ मध्ये ३० जना अल्पसंख्यक सम्प्रदायको बताएका छन्।

पाराचिनार शहरवरपर केन्द्रित लडाइँमा दुवै पक्षले स्वचालित हतियार र मोर्टारको प्रयोग गरिरहेको र त्यसलाई कानून प्रवर्तनले अवरुद्ध पारेको प्रहरी स्रोतले बताएको छ।

“यस क्षेत्रमा अझै पनि साना र ठूला दुवै हतियारहरूको प्रयोगमा संलग्न झडपहरू देखिरहेको छ”, कुर्रम जिल्लाका वरिष्ठ अधिकारीले भने। कुर्रम पूर्व संघीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा हो। यो सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा विलय भएको थियो।

यस कदमले यस क्षेत्रलाई कानूनी र प्रशासनिक मूलधारमा ल्याए पनि प्रहरी र सुरक्षा बलले कानूनको शासन लागू गर्न बारम्बार संघर्ष गर्नुपरिरहेको छ।